Categories समाचार

धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ

धरान । धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। 

त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। 

Advertisement

लिम्बु बिरुद्ध उजुरी भने कसैले दिएको छैन। मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताए। उनले यस विषयमा अनुसन्धान भइरहेको बताए।

Advertisement

किराँत याक्थुम चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य ताजुव लिम्बुले तत्काल उनलाई रिहाइ नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए। उनले विगत केही दिनदेखि धरानका मेयर साम्पाङका अराजनीतिक, अराजक र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न र धरानको सामाजिक सद्‍भाव कायम राख्न सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पोस्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *