Categories पत्रपत्रिका

किन पठाइएन नयाँ चुच्चे नक्सा ?

Advertisement

काठमाडौँ । संघीय संसद्ले नेपालको नयाँ चुच्चे नक्सा पास गरेसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसको जानकारी नेपालस्थित विभिन्न देशका राजदूतावास, कूटनीतिक नियोग र महावाणिज्य दूतावासलाई पठाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

 २०७७ जेठ ९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर विभिन्न देशका दूतावासलाई नयाँ चुच्चे नक्सा पठाउन अनुरोध गरेको थियो । भूमि व्यवस्था मन्त्रालयले त्यतिबेला परराष्ट्रलाई मात्र होइन, अन्य सबै मन्त्रालयलाई चिठी लेखेर नयाँ नक्साको प्रयोग गर्न र आफूमातहतका निकायलाई पनि प्रयोग गर्न अनुरोध गरेको थियो । तर परराष्ट्र त्यसलाई कार्यान्वयन गरेन ।

Advertisement

मन्त्रालयले उक्त चिठीको फोटोकपीमा परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरेर लेखिएको छ, ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्राप्त गरी सो नक्सा प्रयोगमा ल्याउन नेपालस्थित विदेशी राजदूतावास तथा कूटनीतिक नियोग, विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोग, महावाणिज्य दूतावासमा पठाउने व्यवस्था मिलाउन अनुरोध गर्छु ।’  आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *