Categories पत्रपत्रिका

तीन करोडको लेनदेनको ‘डिल’ले रास्वपामा खैलाबैला

Advertisement

काठमाडौं । जनतामाझ वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ ।

पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो ।

Advertisement

पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद ठाकाकुमारले सार्वजनिक रूपमा पोलेका केन्द्रीय सदस्य थापामाथि पार्टीले अनुसन्धानको प्रक्रिया अघि बढाएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान शुरू गरेको उल्लेख छ ।

Advertisement

उक्त अडिओमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साठे२ करोड रुपियाँ बुभाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको प्रष्ट सुनिन्थ्यो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

फाइल फोटो

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *