Categories पत्रपत्रिका

ब्रेक सुमा लुकाएर ३ क्वीन्टल बढी सुन तस्करी

Advertisement

वीरगन्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँबराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरेको हो ।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङ्कङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो सुन तस्करीको विषयमा सीआईबीले अनुसन्धान पूरा गरेर बुधबार सरकारी वकिल कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन बुझाएको छ ।

Advertisement

गोदामहरूमा छापा मार्दा अरू पनि यसरी सामान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक सुमा लुकाएर थप ३ सय २ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरूलाई यकिन तौल गरेर ३ सय २ दशमलव ६२ किलो थप सुन ल्याएको देखिएको छ ।’

Advertisement

उनीहरूलाई सातवटा ऐनको दफानुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन, २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ । यस प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक हुन् । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउनेगरी राय दिएको हो ।

‘हालसम्मको अनुसन्धानका क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिक पक्राउ परेका र रेडी ट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइछिपाइ अवैध पैठारी गरेको जम्मा बरामद ६० दशमलव ७१६ किलो र सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३ सय २ दशमलव शून्य ६२ किलो गरी जम्मा ३ सय ६२ दशमलव ७७८ किलोग्राम सुनको हुन आउने मूल्य तीन अर्ब ५० करोड २ लाख २६ हजार ५ सय ५२ रुपैयाँबराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको’ सीआईबीले भनेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *