Categories खेलकुद

पर्सा जिल्ला कबड्डी संघको ६ औं साधारण सम्पन्न, अग्रवालको अध्यक्ष्तामा नयाँ कार्यसमिति चयन

Advertisement

वीरगन्ज । पर्सा जिल्ला कबड्डी संघको ६ औं साधारण सभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

कबड्डी संघ पर्साका अध्यक्ष आकाश पटेलको अध्यक्ष्तामा बोलाइएको भेलाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

Advertisement

पत्रकार महासंघको सभाहलमा सम्पन्न साधारण सभामा अमित अग्रवालको अध्यक्ष्तामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको संघका निवर्तमान अध्यक्ष पटेलले जनाकारी गराए ।

Advertisement

नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभाका विशिष्ट अतिथि नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, खो खो संघका पर्सा जिल्ला उपाध्यक्ष दिपक साह तथा फुटबल रेफ्रि संघ पर्साका अध्यक्ष अर्जुन गुप्ता रहनुभएको थियो ।

नयाँ कार्य समितिका प्रथम उपाध्यक्ष सुधिर गुप्ता र महिला उपाध्यक्ष रमिता माया गुप्ता, सचिव उपेन्द्र पटेल, सहसचिव श्याम कुमार सरार्फ, कोषाध्यक्ष रानु दास, सदस्यहरु सागिर अली, विक्की राज पटेल, अंकित मिश्रा अंगद यादव, बजरंगी पटेल, दिपक साह, महिला सदस्य प्रेरणा श्रेष्ठ चयन भएका हुन ।

चयन भएका नयाँ कार्य समितिलाई प्रमुख अतिथि तिवारीले गम्छा र टीका लगाई सफल कार्यकालको शुभकामना दिनुका साथै पर्सा जिल्लामा कमजोर हुदै गएको कबड्डी खेल प्रति खेलाडीलाई आकर्षित गराउन वीरगन्जमा मात्रै केन्द्रित नभई समय समयमा पर्साका १४ औं पालिकामा प्रतियोगिता गराउन सुझाएका थिए ।

शुभकामना मन्तव्य राख्दै वक्ताहरूले विना कुनै साधन स्रोतको खेल्न सकिने खेल मध्येका उत्कृष्ट खेल कबड्डी भएको बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *