Categories समाचार

अनलाइन ठगीमा संलग्न एक युवकसँग दुई हजार सात सय सिमकार्ड

Advertisement

वीरगन्ज । एउटै व्यक्तिसँग दुई हजार सात सय सिमकार्ड । पत्याउनै मुस्किल । तर, प्रहरीले अनलाइन ठगीमा संलग्न युवकसँग दुई हजार सात सय सिमकार्ड बरामद गरेको छ । चिनियाँ गिरोहसँग मिलेर अनलाइनमार्फत ठगीमा संलग्न एक युवकबाट दुई हजार सात सय सिमकार्ड बरामद भएको हो । 

सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौं कीर्तिपुर बस्ने २० वर्षीय मिलन थापासँग यसरी ठूलो मात्रामा सिमकार्ड र २७ व्यक्तिका नागरिकता बरामद भएको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बिहीबार पक्राउ गरेको थियो । 

Advertisement

उनले चिनियाँ समूहसँग मिलेर अनलाइनमार्फत ठगीको काम गर्दै आएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । ‘टेलिग्राम नामक एपमार्फत उनले भारतीयहरूलाई चर्काे ब्याजदरमा पैसा लगानी गर्ने काम गर्दै आएका थिए,’ एसएसपी राठौर भन्छन्, ‘विगतमा चिनियाँहरूले नेपालमा छुट्टै कार्यालय नै खोलेर यस्तो काममा लगाउने गरेकोमा अहिले नेपालीलाई घरबाटै काममा लगाउने गरेको देखिन्छ ।’ थापाले कीर्तिपुरस्थित आफ्नो डेराबाटै यस्तो काम गर्दै आएका थिए । खासगरी युवाहरूलाई लक्षित गरी मोबाइल वालेटमा ऋण दिने र एक सातामै ऋणको ५० प्रतिशत थप असुल गर्दछन् । पैसा नदिए उनीहरूको परिवारलाई समेत फोन गरेर यातना दिने तथा अश्लील फोटोहरूसँग जोडेर बेइज्जती गर्दै आएका छन् । ऋण लिनका लागि उनीहरूको फोटोदेखि परिवारको विस्तृत विवरण माग्ने गर्दछन् ।

Advertisement

भारतमा यस्ता घटनाले कतिपय किशोर–किशोरीले आत्महत्या गरेपछि यसरी मोबाइल वालेटमा ऋण दिन कडाइ गरिएको थियो । चिनियाँ गिरोहले नेपालमा बसेर भारतमै बस्ने भारतीयलाई यसरी अनलाइन ऋणका नाममा ठगी गर्दै आएका छन् । विगतमा पनि यस्ता घटनामा नेपाल प्रहरीले अनुसन्धान गरी चिनियाँसहितको समूहलाई पक्राउ गरेको छ । डेढ वर्षअघि काठमाडौं प्रहरीले यस्ता दुईवटा समूहलाई पक्राउ गरेको थियो । यो गिरोहका नाइके डेभिड नामक चिनियाँ भएको र उनी सिंगापुरमा बस्दै आएको खुलेको छ । 

पक्राउ परेका थापालाई उनले नै सिंगापुरबाट यस्तो काममा लगाई मासिक तलब दिने गर्दथे । पक्राउ परेका थापासँग २३ वटा ल्यापटप तथा २७ वटा विभिन्न व्यक्तिका नागरिकता बरामद भएको छ ।  सिमकार्ड निकाल्नकै लागि ती नागरिकता दुरुपयोग भएको प्रहरी आशंका छ । एउटा सिमकार्ड एक–दुई दिन मात्र उनीहरूले प्रयोग गर्दथे । नयाँ पत्रिकाबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *