Categories समाचार

वीरगञ्ज भन्सारबाट पास भएको एउटै नम्बरको दुईवटा भारतीय ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्ज भन्सारका कर्मचारी र भन्सार सेक्युरिटीलाइ मिलाएर तस्करहरूले मुख्य भन्सार भित्रैबाट एउटै नम्बरको दुइ वटा भारतिय नम्बरको ट्रकमा मालसमान सहित लोड गाडी वीरगञ्जको आइ.सि.पि. भित्र भित्र्याउने र एउटा ट्रकमा लोड भारतिय मालसमानको भन्सार महशुल बुझाउने र अर्को भारतिय मालसमान लोड ट्रकलाइ सेटिङ्गमा पास गर्दै आएको चर्चा नसेलाउदै अर्काे पुनः काण्ड भएको छ । 

वीरगञ्ज भन्सार कर्मचारी र भन्सार सेक्युरिटीलाइ मिलाएर तस्करहरूले मुख्य भन्सार भित्रैबाट एउटै नम्बरको दुइ वटा भारतिय ट्रकलाई सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ बाट नियण्त्रणमा लिएको छ । 

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल FOB आइ.सि.पि. बाट खटिएको मोबाईल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित आइ.सि.पि. ईलाकाबाट एउटै नम्बर प्लेट UP70FT 2525 भएको २ वटा भारतीय ट्रकलाई शनिबार नियण्त्रणमा लिएको हो।

Advertisement

एउटा खाली भारतिय ट्रक र अर्काे एउटामा ४० टन मकै लोड गरिएको भारतिय ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण वीरगञ्जका प्रवक्ता डि.एस.पी.संगम श्रेष्ठले जानकारी गराए ।

केही बर्ष पहिला पनि आइ.सि.पि. भित्र भारतिय एउटै नम्बरको दुइवटा ट्रक पक्राउ परेको थियो । जस मध्ये एउटा  भारतिय ट्रकमा मकै लोड गाडी सशस्त्र प्रहरीले पक्राउ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *