Categories समाचार

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

Advertisement

बारा । बारामा साेमबार साँझ पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पुर्व-पश्चिम राजमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा माेटरिाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

निजगढबाट पथलैया आउँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंबरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगर जाँदै गरेको प्र.न.-३-०१०-२२ च ३१९७ नंबरको पिकअप गाडीले ठक्कर दिएको हो।

Advertisement

दुर्घटनामा माेटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि सामुदायिक प्रसुति अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

ठक्कर दिने पिकअप गाडीका चालक काभ्रेकाे नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *