Categories समाचार

मिनिरल वाटरको कार्टुनले छोपेर दुई क्विन्टल गाँजा ओसारपसार गर्ने दुई जना पक्राउ

Advertisement

वीरगञ्ज । दुई क्विन्टल लागू औषध (गाँजा) सहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्।

बुधबार महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका- ७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका- ७ का २५ वर्षीय सुरेन्द्र दास रहेको महोत्तरी प्रहरी प्रवक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। 

Advertisement

प्रहरीका अनुसार बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्नेक्रममा गाडीभित्र लुकाइछिपाई राखिएको १४ वटा पोकामा २ सय १० किलो गाँजा बरामद भएको हो।

पिकअप भित्र गाडीको बिचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको बोतलले छोपिएको अवस्थामा फेला परेको डिएसपी गिरीले बताए।

‘प्रहरीलाई छल्न पिकअपमा मिनिरल वाटरको कार्टुनले छोपेर राखिएको थियो, झट हेर्दा पानीको बोतल नै बोकेर आइरहेको देखिन्थ्यो, पिकअप चालक र सहचालकको हाउभाउ शङ्कास्पद देखिएपछि पानीको कार्टुन हटाएर हेर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।’ डिएसपी गिरीले भने।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ। नागरिक दैनिकबाट साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *