Categories समाचार

मलंगवामा दुई समुदायको झडप र तनापछि लगाएको कर्फ्यू निष्कृय

Advertisement

वीरगन्ज । सर्लाहीको मलंगवामा दुई समुदायको झडप र तनापछि लगाएको कर्फ्यू निष्कृय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमो आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू निष्कृय गर्ने र निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

असोज ४ गते साँझ गणेश चतुर्थीको मुर्ति सेलाएर फर्किने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । सो क्रममा अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज ४ गते राति १० बजेदेखि साबिक मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

Advertisement

कर्फ्यू निष्कृष्ण गरेपनि आजदेखि देखी अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्मको लागि राती ८ बजेदेखि बिहान ४ बजेसम्मको लागि कर्फ्यू आदेशलाई निरन्तरता दिने सुरक्षा समितिले निर्णय गरेको छ ।

Advertisement

कर्फ्यू आदेश निष्कृय गरिए तापनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरेको छ ।

सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून बमोजिम कारबाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *