Categories समाचार

नेपाल-भारत उद्योग वाणिज्य संघ,बीरगन्ज च्याप्टरका अध्यक्ष चौधरीले बढाए आफ्नो सकृयता

Advertisement

वीरगन्ज । नेपाल-भारत उद्योग वाणिज्य संघ,बीरगन्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले कोलकाता स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत ईश्वर राज पौडेलसंग शिष्टाचार भेटघाट गरेका छन् ।

कोलकाता भारतको पूर्ब राजधानी शहर तथा आर्थिक गतिविधिको प्रमुख केन्द्र रहनुका साथै नेपालको तेस्रो मुलुक संगको आयात निर्यातको लागि कोलकाता हल्दिया पोर्टसंग लामो समयदेखि ब्यापारिक सम्बन्ध रहीआएको छ ।

Advertisement

उक्त भेटमा छ्लफलका क्रममा केही महिना अघि भारतीय रेल्वे सन्जाल संग जोडिएर उद्घाटन भएको जोगबनी स्टेसनको कोड नम्बर संग केही प्राविधिक कारणले नियमित हुन नसकेको रेलसेवाको जिज्ञासामा अबको केही समयमा उक्त समस्या समाधान हुने जानकारी गराउनु भयो ।

Advertisement

साथै भेटको समयमा बीरगन्ज आइसिडीमा डर्टीकार्गो, भारतको पश्चिमी तटमा पाउने भनिएको कान्न्डला र मुन्द्रा बन्दरगाह, रक्सौल काठमाडौ रेलवे लगायत बिषयमा पनि छ्लफल भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *