Categories एजेन्सी

जब हजार जना मानिस एक्कासी ‘कुकुर’ बनेर भुक्न थाले…

एजेन्सी । जर्मनको राजधानी बर्लिनमा एउटा अनौठो तथा अपत्यारिलो घटना सार्वजनिक भएको छ । त्यहाँ झण्डै एक हजार जना मानिसहरु एकठाउँमा जम्मा भए र कुकुरजस्तै हर्कत देखाएर भुक्न थालेपछि देख्ने मानिसहरु तिनछक परे ।

बर्लिनको पट्सड्यामर प्लाज रेलवे स्टेशनमा सो घटना भएको हो । त्यहाँ मानिसहरु एक अर्कामा कुराकानी गर्दा पनि कुकुरजस्तै भुकेर कुरा गरेका थिए । त्यो देख्दा उनीहरुभित्र कुकुरको आत्मा पसेको भान हुन्थ्यो । ती सबै मानिसहरुले आफ्नो अनुहारमा कुकुरको मुखाकृतिवाला मास्क लगाएका थिए ।

Advertisement

डेलीमेलका अनुसार कुकुरजस्तै बनेका ती मानिसहरुले आफुलाई ट्रान्स प्रजातिका भएका दाबी गर्दछन् । आफूले मानिसले जस्तो नभई कुकुर जस्तो भएको महसुस गर्ने दाबी उनीहरुको छ । उनीहरु आफूजस्तै अनुभूति गर्ने मानिसहरुको अधिकारका लागि जम्मा भएका हुन् ।

Advertisement

ती मानिसहरु जापानका टोको नामक व्यक्ति जस्तै हुन् । टोकोले केही हप्ताअघि १४ हजार डलर खर्च गरेर आफ्नो कुकुर बन्ने शौख पूरा गरेका थिए । शल्यक्रिया गरेर उनी कुकुरजस्तै बनेका छन् । आफूजस्तै सोंच्ने मानिसहरुसँग भेट्न चाहेको उनको भनाइ थियो ।

बर्लिनको रेल स्टेशनमा एक हजार मानिसहरु कुकुरजस्तै बनेको सो घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

भिडियोमा मानिसहरुले अनेक खालका प्रतिक्रिया जनाएका छन् र आखिर कुनै व्यक्ति कसरी कुकुरजस्तै बन्न सक्छ ? भनेर प्रश्न गरेका छन् । कतिपयले चाहिं यतिधेरै मानिसले आफुलाई कुकुरजस्तै ठान्न कसरी सम्भव छ ? भन्ने जिज्ञासा राखेका छन् ।

https://twitter.com/Funnynewshub/status/1704491212462280886?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1704491212462280886%7Ctwgr%5Efc0d8a4c7226dc634c25830206b52a025e787c89%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2023%2F09%2F1371073

Leave a Reply

Your email address will not be published. Required fields are marked *