Categories समाचार

५८ लाख रुपैयाँ बढीको ट्रक, कस्मेटिक तथा खुद्रा सामानहरू प्रहरी नियन्त्रणमा

Advertisement

वीरगंज । बिल बिजक भन्दा बढी खुद्रा तथा कस्मेटिका सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

वीरगंजबाट मोरङतर्फ जाँदै गरेको ना.३ ख ३९४९ नम्बरको मालवाहक ट्रक वीरगंज महानगरपालिकाकाे वडा नं.१४ गण्डकबाट नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए । 

Advertisement

गण्डक स्थित सडकखण्डमा मंगलबार सांझ ९:४० बजेकाे समयमा ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मुल्य रू ५८ लाख १६ हजार ६ सय २८ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको कस्मेटिक तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइएकाे डिएसपी थापाले वताए ।

Advertisement

उक्त ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपि थापाले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *