Categories समाचार

विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ

Advertisement

काठमाडौं । आर्थिक वर्ष ०७८र७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो। तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बाहिरियो। यसले नेपालमा लगानी गरे राम्रै प्रतिफल लैजान पाइन्छ भन्ने सन्देश दिएको विज्ञहरू बताउँछन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८र७९ मा विदेशी लगानीकर्ताले स्वीकृत रकमको ३४ दशमलव ३ प्रतिशत मात्रै लगानी ल्याएका थिए। राष्ट्र बैंकका अनुसार सो वर्ष १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ लगानी भित्रिएको थियो। तर, सोही वर्ष लगानीको लाभांशमार्फत १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ हाराहारीमा बाहिरिएको छ। 

Advertisement

आर्थिक वर्ष ०७७र७८ मा त विदेशी लगानी भित्रिएको भन्दा लाभांशबापत बाहिरिने रकम धेरै थियो। त्यो वर्ष १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भित्रिएको थियो। लाभांशबापत २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो। अर्थात्, बाहिरबाट आएको भन्दा ६ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बढी रकम बाहिरिएको थियो। 

Advertisement

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीका लागि खर्बौंको प्रतिबद्धता हुन्छ। तर, मुस्किलले अर्बमा मात्रै रकम भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। बरु, विदेशी लगानीकर्ताले बर्सेनि ठूलै रकम लाभांशबापत लैजाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। राष्ट्र बैंंकको तथ्यांकअनुसार २७ वर्षमा ४ खर्ब ११ अर्ब ५० करोड ७२ लाख ९० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भयो। तर, त्यसको ३६ दशमलव २ प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ९९ करोड २७ लाख २० हजार रुपैयाँ मात्रै लगानी नेपाल आयो।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *