Categories समाचार स्वास्थ्य

चिकित्सकमाथि भइरहेका आक्रमणको विराेधमा वीरगन्जका अस्पताल र क्लिनिक बन्द

Advertisement

वीरगन्ज । चिकित्सकमाथि भइरहेका आक्रमणको विराेधमा वीरगन्जका अस्पताल र क्लिनिकहरुमा शुक्रबार बहिरंग (ओेपिडी)सेवा बन्द गरिएको छ ।

नेपाल चिकित्सक संघ नारायणी शाखाकाे आह्वानमा वीरगन्जका चिकित्सकहरुले शुक्रबार सरकारी तथा निजी अस्पताल , नर्सिङ हाेम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन् ।

Advertisement

चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा बढीरहेको घटनाको घोर भत्स्रना गर्दै शुक्रबार ओपीडी सेवा बन्द गरिएकाे जनाएको हुन् ।

Advertisement

चिकित्सकमाथि कुटपिट र अस्पतालहरुमा गरिएकाे ताेडफाेडका घटनाहरुमा प्रहरी प्रशासन मुकदर्शक बनेको तथा सरकार र चिकित्सक संघबीच पटक पटक भएको वार्ता र सहमतिको बावजुद पनि चिकित्सक र स्वास्थ्यकर्मीहरु लगायतका स्वास्थ्य संस्थाहरुलाई सुरक्षा गर्न नेपाल सरकारका सुरक्षा निकायहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको संघले जनाएको छ ।

सरकारले नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा वीरगन्जमा शुक्रबार ओपीडी सेवा बन्द गरिएकाे संघले जनाएको हो ।

यसअघि बिहीबार र बुधबार वीरगन्जका चिकित्सकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री माेहन बस्नेतको राजीनामा माग्दै विराेध जुलुश निकालेर प्रदर्शन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *