Categories समाचार

लागुऔषध गाँजा सहित पर्साका दुईजना पक्राउ

Advertisement

वीरगंज । प्रतिबंधित लागुऔषध गाँजा सहित पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने लोटन राउत कुर्मी र देवलाल साह कलवार रहेका छन।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा चेकजाचको क्रममा ४ किलो लागुऔषध गाँजा सहित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिए।

Advertisement

संकास्पदरूपमा साईकल चलाई गईरहेको दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाच गर्दा आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

लागुऔषध गाँजासहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।     

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *