Categories समाचार

वीरगञ्जलाई हराभरा र सुन्दर बनाउन हातेमालो गरौँ : मेयर सिंह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई हराभरा र सुन्दर बनाउने अभियानमा हातेमालो गर्न आह्वान गरेका छन् । सबैले हेर्न लायक र घुम्न लायक वीरगञ्ज बनाउने अभिभारामा आफु जुटेको बताउँदै उनले महानगर एक्लैको प्रयासले सम्भव नहुने बताए ।

अलाइड युथ सोसाइटीले वीरगञ्जको मधेश विश्वविद्यालय परिसरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमका अवसरमा प्रमुख सिंहले वीरगञ्जका युवाहरु सामाजिक कार्यमा सक्रिय भइरहेको प्रति खुशी व्यक्त गर्दै युवाको सहभागिता बिना समृद्धि सम्भब नहुने धारणा राखे ।

Advertisement

मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले युवा नै समृद्धिको आधार भएको बताए । देशका मेरुदण्ड मानिने युवाहरु सामाजिक कार्यमा सरिक भएर सामाजिक सद्भाव र भाइचारा कायम राख्नुपर्ने उनको सुझाव छ ।

Advertisement

समृद्ध नेपाल फाउण्डेशनसँगको सहकार्यमा अलाईड युथ सोसाइटीले मधेश विश्वविद्यालय परिसरमा विरुवा रोपेको हो । सोसाइटीका जनसम्पर्क अधिकृत कृष गुप्ताको संयोजकत्वमा गुलमोहर, निम, सिम्जन, मसाला सहित विभिन्न प्रजातीका फूल गरेर १ सय वटा विरुवा रोपिएको सोसाइटीका अध्यक्ष ओम कुमार झाले जानकारी दिए ।

विरुवा रोप्ने क्रममा वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँ, सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय देवेन्द्र सिंह, संगम श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा, युवा अभियानता दिलिपराज कार्की, समाजसेवी महेश सिंह धामी, समृद्धी नेपाल फाउण्डेशनका संस्थापक आयुष गुप्ता लगायतको उपस्थिती रहेको फाउण्डेशनका अध्यक्ष सिद्धार्थ गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *