Categories समाचार

प्रधानमन्त्रीको विदेश भ्रमण छोरी चिनाउने बाहेक कुनै उपलब्धि भएन : सांसद सिंह

Advertisement

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरेका हुन् । 

Advertisement

प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको बताए । उनले भने – ‘दुनियाँको कुनैपनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन ।

Advertisement

प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ । प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण ? तिर्थयात्राको लागि त धेरै नेपाली दाजुभाई घुमिरहेका छन् नि । त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि । प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो । त्यसबाहेक के फाइदा भयो ?’ साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *