Categories समाचार

यौन दुर्व्यवहार आरोपमा निलम्बनमै रहेका एसएसपी पालले दिए राजीनामा

Advertisement

वीरगन्ज । महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए।

Advertisement

महिला प्रहरी हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समितिसमेत गठन गरेको थियो ।

Advertisement

समितिले उनलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो। त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो।

निलम्बनमै रहेका एसएसपी पालले राजीनामा दिएसँगै प्रहरी प्रधान कार्यालय नक्सालले स्वीकृतीका लागि गृहमा पठाएको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *