Categories खेलकुद

नेपाल भोली भारतसँग क्वाटरफाइनल खेल्ने

Advertisement

वीरगन्ज । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले भारतसँग पुनः खेल्ने भएको छ । एसियाली खेलकुद प्रतियोगितामा क्वाटरफाइनल प्रतिद्वन्द्वीको रूपमा नेपालले भारतलाई पाएको छ।

समूहचरणमा विश्वकीर्तिमानी इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो।

Advertisement

सोमबार भएको ‘ड्र’मा नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो। सोझै क्वाटरफाइनल पुगेका टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो।

Advertisement

नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा रहन सक्यो। नेपालले समूह चरणमा माल्दिभ्स र मंगोलियालाई हराएको थियो।

नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार हुनेछ। भारतले एसियाडमा राष्ट्रिय टिममा अनुभव बटुलिसकेका खेलाडीहरूलाई पठाएको छ।

एसिया कपमा भारतविरुद्ध ब्याटिङ गरेको नेपाल दोस्रो पटक भारतसँग भिड्न लागेको हो।

फाइल फोटो

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *