काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।
आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो ।
यससँगै, पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटिसकेको छ । गत साताको आइताबर छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । जुन, निरन्तर घटेर आज १ लाख ६हजार ६०० रुपैयाँमा आइपुगेको हो ।