Categories समाचार

आफ्नै पसल अगाडि रहेको बिरूवा उखलेर फालेको आरोपमा एक महिला पक्राउ

Advertisement

वीरगन्ज । भरतपुर महानगरपालिकामा बिरूवा उखाल्ने महिलालाई सोमबार नियन्त्रणमा लिइएको छ।

भरतपुर–३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरूवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

Advertisement

सिसिटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरूवा उखलेर फालेको आरोपमा रौनियारलाई नियन्त्रणमा लिइएको उनले बताए।

Advertisement

उनले घर अगाडि रूख ठूलो भई असर पार्ने जनाउँदै बिरूवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थितिमा सडकमा बिरूवा रोपिएको थियो। –रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *