Categories समाज

चोरी गर्दा चिनेपछि महिलाको हत्या, आफ्नै जेठाजुसहित ३ जना पक्राउ

Advertisement

वीरगन्ज । पर्सामा दुई हप्तापहिले घरभित्रै शव भेटिएकी महिलाको हत्या उनकै जेठाजुहरुले गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ ।

जगरनाथपुर गाँउपाालिका वडा नम्बर ५ मसिहानीमा स्वर्गीय सनिक राउतकी पत्नि ५६ वर्षकी कान्तीदेवी बिनको घाँटी रेटेर हत्या गरिएको अवस्थमा शव असोज २३ गते घरभित्रै भेटिएको थियो ।

Advertisement

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मंगलबार घटना विवरणसहित सार्वजनिक गरेको छ ।
पक्रा पर्नेहरुमा मृतकका जेठाजुद्वय ५९ वर्षिय चन्द्रिका राउत बिन र ५७ वर्ष अमेरिका राउत बिन तथा मसिहानीकै ३६ वर्षिय लालबाबु राउत बिन रहेका छन् ।लालबाबुलाई असोज ७ गते तथा चन्द्रिका र अमेरिकालाई असोज १४ गते पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार , असोज १ गते मध्यरातामा चन्द्रिका , अमेरिका र लालबाबु तीनै जना मृतक कान्तिदेवीको घरमा चोरी गर्न सुरुङ खनेर पसेका थिए ।उनिहरुले बाक्सा खोतल्ने क्रममा घरमै सुतीरहेकी कान्तिदेवीले ब्युँझिएर चिनेपछि पोल खुल्ने डरले उनिहरुले कान्ति देवीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरक्षिक शाहले बताए ।

तीर्नै जनाले कान्तिदेवीको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएपछि सिरानीले मुख थुनेर खुर्पी (धारिलो हतियार) ले घाँटी रेटेर हत्या गरेको पक्राउ परेकामध्येका लालबाबुले बयानका क्रममा स्वीकारेको प्रहरी उपरीक्षक शाहले बताए ।

उनका अनुसार, मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन बैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोष्टमाटमपछि शव , अहिले पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर लगी दाहसंस्कार गरेका थिए ।

आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि त्यहिदिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । मधेसखबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *