वीरगन्ज ।
मेष । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
बृष । आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक, सांस्कृतिक, भोजभातेर सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
मिथुन । समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैझमेलाको अवस्था आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
कर्कट । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।
सिंह । आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कन्या । धना हात पर्न सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
तुला । आज गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनसक्छ ।
बृश्चिक । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु । आज रोकिएको धन पाइन सक्छ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।
मकर । आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।
कुम्भ । आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।
मीन । आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ । न्युजलय






