Categories समाचार

राजश्व छलीको करोडौं मूल्य बराबरको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

Advertisement

वीरगञ्ज । बाराको पथलैयाबाट प्रहरीले राजश्व छलीको करिब डेढ करोड ५० लाख भन्दा बढी मूल्यको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट मालसामान लोड गरेर भैरहवा र काठमाडौँ जाँदै गरेका दुवै ट्रक प्रहरीले पथलैयामा रोकेर चेकजाँच गर्दा भन्सार छलीका १ करोड ४२ लाख १ हजार ८५१ रुपैयाँ मूल्यको सामान बरामद भएको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताए ।

Advertisement

वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र वीरगञ्जबाटै काठमाडौँ जाँदै गरेको ना ८ ख ४८४२ नम्बरको ट्रक पथलैयामा बुधवार राति रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा ना ६ ख ३८२८ नम्बरको ट्रकबाट ४९ लाख ८२ हजार ४४३ रुपैयाँ र ना ८ ख ४८४२ नम्बरको ट्रकबाट ९२ लाख १९ हजार ४०८ रुपैयाँको सामान बरामद भएको एसपी काफ्लेले जानकारी दिए ।

Advertisement

दुवै ट्रकमा भन्सार प्रज्ञापन पत्र र बिलबबिजकको भन्दा बढी सामान बरामद भएपछि सामानसहितको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *