Categories राजनीति

पर्सामा जसपाको विवाद, समाधान गर्न प्रदेश अध्यक्षको अध्यक्षतामा कार्यदल गठन

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला कार्य समितिमा लामो समयदेखि दुई गुटबिच चल्दै आएको विवाद समाधानका लागि पार्टीले कार्यदल गठन गरेको छ ।

जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा गठन भएको कार्यदलमा उपाध्यक्षद्वय रामपृत पासवान र सुशील कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेको प्रदेश समितिका प्रचार प्रसार विभाग प्रमुख सुशिल कुमार जानकारी दिए ।उक्त कार्य दलले पर्सामा पार्टीभित्र देखिएको विवाद समाधान गरि एकढिक्का बनाएर अगाडि लग्ने उनले बताए।

Advertisement

गत निर्वाचनभन्दा पहिलेदेखि नै पर्सामा जसपाभित्र दुई गुटबिच विवाद चल्दै आएको छ ।दुई गुटबिचको विवाद बढ्दै गएपछि यहि असोज १० गते एक पक्षले जिल्ला अध्यक्ष रामनरेश यादवको जिल्ला समिति भङ्ग गरी बहुदरामाइ नगरपालिकाका मेयर सिंघासन साह तेलीको अध्यक्षतामा जिल्ला कार्यसमिति पुर्नगठन गरिएको घोषणा गरेको थियो।

Advertisement

यादव अध्यक्ष रहेको समिति तदर्थ समिति भएको , चार वर्षसम्म पार्टीको जिल्ला अध्यक्ष हुँदा अधिवेशन गराउन नसकेको, उनी अध्यक्ष भएर आएपछि जिल्लामा पार्टी कमजोर भएको, जिल्लाका नेताहरुले पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गर्दै गरेको कारण देखाउँदै असोज १० को भेलाले साहको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरिएको बताएको थियो । तर अध्यक्ष रामनरेश यादवले जिल्ला समितिको अध्यक्ष आफू नै रहेको दाबी गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *