Categories समाचार

फेसबुकमा मेयरको आलोचना गरेको आरोपका एक युवक पक्राउ

Advertisement

जनकपुरधाम । सामाजिक सन्जालमा मेयरको आलोचना गरेको आरोपका महोत्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झा छन् ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारविरुद्ध सामाजिक सन्जाल फेसबुकमा लेखेको आरोपमा उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

Advertisement

मेयर सोनारले झाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएको साइबर अपराधसम्बन्धी जाहेरीको आधारमा झालाई बिहीबार पक्राउ गरिएको उनले बताए ।

Advertisement

उनीमाथि जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अनलाइन खबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *