वीरगन्ज । वीरगन्ज महानगरपालिकाको वडा नम्बर २३ सबैठवामा वीरगन्ज महानगरपालिकाको सहकार्यमा नर्सिङ क्याम्पसले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख डाक्टर कल्पना पौडेलको अध्यक्ष्तामा गरिएको सो कार्यक्रमको वि.एन.एस दोस्रो वर्ष, १० औं ब्याचका फिल्ड सुपरभाइजर रश्मि घिसिङ र सुशीला यादवले नेतृत्व लिनुभएको थियो ।
वडा नम्बर २३ का वडा अध्यक्ष अवधकिशोर कुश्वाहाको सहयोगमा आयोजित शिविरमा नारायणी अस्पतालका फिजिसियन डाक्टर रन्जित यादव, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सुनिल प्रसाद जैसवाल, वरिष्ठ स्त्री, प्रसुति तथा बाझोपन रोग विशेषज्ञ डाक्टर प्रियंका चौधरी, डाक्टर प्रभाकर राज पाण्डे, डाक्टर हरिस चन्द्र यादव, डाक्टर कृष्ण अधिकारी, डाक्टर विवेक यादवका साथै विभिन्न विभागीय चिकित्सकहरुले सेवा दिनुभएको महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिल यादवले जानकारी दिनुभयो ।
बिहानदेखि शुरु भएको शिविरमा विभिन्न समस्या लिएर आएका ५ सय जना भन्दा बढी व्यक्ति लाभान्वित भएको महाशाखाका अनिशकान्त कुश्वाहाले बताए ।










