अमित अग्रवाल
वीरगन्ज । शनिबार पर्साको प्रसिद्ध धार्मिक स्थल बिन्दवासीनीमाई मन्दिरको सरसफाइ गरिएको छ ।
एलाइड युथ सोसाइटी र समृद्ध नेपाल फाउन्डेसन वीरगन्ज शाखाको संयुक्त आयोजनामा मन्दिर परिसर सरसफाइ गरिएको हो ।
राज साहको सभापतित्वमा भएको सो सरसफाइ कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, नेपाल सशस्त्र प्रहरी बलका संगम साख र गौतम स्कुलका सौराज प्रधानको विशेष सहयोग रहेको एलाइडका अध्यक्ष ओम कुमार झाले बताए ।
बिहानै शुरु भएको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीका नायब उपरीक्षक प्रदिप थापा, अस्थायी प्रहरी पोस्ट विनदवासीनीका प्रहरी सहायक निरीक्षक नवलेश तिवारी, केदार गुप्ता, सुधिर कुमार यादव, सुमन रौनियार लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतले हातेमालो गर्दै सरसफाइ गरेका थिए ।






