Categories समाज

दाह संस्कार नगर्ने छोरा कसैलाई नपरोस्

Advertisement

वीरगन्ज । यस संसार भरीमा निस्वार्थ माया गर्ने आमा बुवा नै हुन् । सानो छदा आफ्नो काँधमा बसाउने र घुमाउने काँध हाम्रो बुवाको हुन्छ । हरेक समस्यावाट बचाएर हामीलाई जिवन दिन्छन् । आफुलाई समस्या परे पनि आफ्नो छोरा छोरीलाई कहिले पनि गुनासो गर्दैनन् हरेक समस्या सहेर लालन पालन गरी, सबै इच्छा पुरा गर्छन् ।

तर, यस नयां जमाना नयां युगमा नयां नयां फेशन चलेको छ । बर्षको ३ सय ६५ दिनमा एक दिन आमाको लागि एक दिन बुवाको लागि बाँकी हामी ३६३ दिन किन बिर्सि हाल्छौ वा तिरस्कार, दुर्ववहार गर्छौ । किन सोही आमा बुवालाई हामी अपहेलीत गर्छौ किन उहांहरुको हाल खबर सोध्दैनौ किन वहांहरुलाई समय दिदैनौ मोबाईल चलाउने यतांउता घुम फिर गर्ने र साथीहरु संग भेट्नको लागि हामीसंग जति पनि समय हुन्छ तर आफ्नो आमा बुवाको लागि हामीसंग समय हुदैन किन ?

Advertisement

आजभोलिको देखावटी जमानामा तिर्थ यात्रा गर्न जान्छन् पुजा पाठ गर्छन् तर आफ्नै आमा बुवालाई जब वहाँहरुलाई सबैभन्दा बढी अवश्यकता छोरा छोरीको हुन्छ त्यती बेला बृद्ध आश्रम छोडेर आउँछन या आमा बुवालाई अलग गरि दिन्छन् । संगै राख्नुपर्ने समयमा आफ्नो खुसीका लागि आफै निर्णय गरेर आफ्नै आमा बुवालाई अलग गरेको कैयौं घटना हेर्छौ ।

Advertisement

त्यति गरिरहदा त्यस बेला पनि आमा बुवाले केही भनेका हुदैनन् । छोराछोरीले गरेको निर्णय सहर्ष स्विकार्दै तिनका खुसीका लागि आफैं दुख भोग्न तैयार अवस्थामा हुन्छन् बा आमा । दिनहुँजसो यस्ता र यो जस्तै मिल्दोजुल्दो घटनाहरु सुन्न र पढ्न पाउछौ तर मानवसेवा आश्रमकामा दिनहुँ यस्ता बा आमा र छोराछोरीहरुसंग सामना हुन्छ । सबै घटनामा छोराछोरी मात्रै दोषी हुदैनन् तर अधिकांश घटनामा छोराछोरीहरुनै दोषी भएको घटननहरु छन् ।

यस्तै एउटा घटना बारे मानव सेवा आश्रम मधेस प्रदेशका संयोजक विवेक महतोले भन्नु हुन्छ “दाह संस्कार नगर्ने छोरा कसैलाई नपरोस्”
०७८/१२/२ गते सर्लाहीको नयाँरोड हरीवन सडक पेटीमा कष्टपूर्ण जीवनयापन गर्दै आईरहेका एक वृद्ध बुवालाई उद्घार गरी मानवसेवा आश्रम सर्लाही शाखमा लगियो।

केही दिनको सेवा पश्चात वहालाई जनकपुर शाखामा लगियो अवस्था सुधार हुदै गएपछि केही दिनको सेवा पश्चात घर रौतहट चंद्रपूर पता लाग्यो तर छोराले बुवालाई घरमा राख्न अस्वीकार गरे त्यस पछि बुवालाई पुनः आश्रममा फर्काइयो।

आश्रममा १५ महिनाको बसाइ पछि बुवाको कालगतिले मृत्यु भयो, मृत्यु भए पछि छोरालाइदाह संस्कार गरिदिनका फोन गर्दा छोराले सिधै हामी केहि पनि गर्दैनौ, हजुरहरुले नै गरिदिनु भन्नु भयो । त्यसपछि आश्रमका अभियन्ताहरुले कानुनी प्रक्रिया पुरा गरेर आफैले दाह संस्कार गरिदिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *