वीरगन्ज । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइनमा विवरण संकलन सुरु भएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।
इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएको राजदुतावासले जनाएको छ ।
शनिबार हमास समूहले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् ।
उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।
नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।






