Categories समाचार

छापा मार्न गएका राजस्व अनुसन्धानका कर्मचारी लखेटिए

Advertisement

वीरगन्ज । सिरहाको मिर्चैयामा गोदाममा छापा मार्न गएका राजस्व अनुसन्धान कार्यालयका कर्मचारी लखेटिएका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोली मंगलबार छापा मार्न आएको बेला स्थानीय व्यवसायीले धपाएका छन् ।

अनाहकमा दुःख दिएको भन्दै कर्मचारीहरुमाथि स्थानीय व्यवसायीले ढुंगामुढा प्रहार गरेका हुन्।

Advertisement

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार गत असोज ४ गते अनुसन्धान टोलीले मिर्चैया ५ संस्था चौकस्थित मुरारी साहको पसलबाट भ्याट बिलभन्दा बाहेकका सामानहरु फेला पारेको थियो । साधन अभावका कारण उक्त सामानहरु बरामद गरी लैजान नसकिएपछि आज लिनका लागि अनुसन्धान टोली मंगलबार मिर्चैया आएका थिए ।

Advertisement

सामान नियन्त्रणमा लिने क्रममा स्थानीय व्यापारीले अनुसन्धान टोलीमाथि हातपातको प्रयास गरेका थिए। आक्रोशित व्यापारीले ढुंगामुढा समेत प्रहार गरेपछि उनीहरु भाग्न थालेका थिए ।

केही समय पश्चात् प्रहरीले स्थिति नियन्त्रणमा लिएर प्रहरी सुरक्षा सहित अनुसन्धान टोलीलाई मिर्चैयाबाट पठाएको सिरहा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *