Categories बीबीसी

इजरायल र हमास बीचको लडाइँमा मानवीय क्षति बढ्दै, करिब २३ जनाको मृत्यु

Advertisement

वीरगन्ज । गत शनिबार सुरु भएको इजरायल र प्यालेस्टाइनी हमास लडाकुबीचको लडाइँमा मानवीय क्षति बढ्दै गएको छ।  बीबीसीका अनुसार दुवैतर्फ गरेर मृत्यु हुनेको संख्या २ हजार ३ सय नाघेको छ। जसमध्ये इजरायलमा १ हजार २ सय तथा गाजामा १ हजार १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। दुवै तर्फ ६ हजारभन्दा बढी मानिस घाइते भएका छन्। 

यस्तै इजरायलबाट हमासले अपहरण गरेका कयौँ मानिसको अवस्था अझै पनि अज्ञात रहेको बताइएको छ। पछिल्लो पटक इजरायलले गाजापट्टीमा गरेको हवाई आक्रमणमा एकै ठाउँमा ५१ जनाको मृत्यु भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ८१ जना घाइते भएका छन्। 

Advertisement

कयौँ मानिसहरुले आश्रय लिएको भवनमा इजरायलले हवाई आक्रमण गरेको हो। त्यहाँ उद्धारको काम जारी रहेको जनाइएको छ। ​ यसैबीच हमास शासित गाजापटट्टि र इजरायल दुवैतर्फ मानवीय संकट बढ्दै गएको छ।

Advertisement

लडाईँका कारण आम सर्वसाधारणहरुको हताहति बढ्दै गएको छ। गाजापट्टीमा पानी, बिजुली र खाद्यान्नको समेत आपूर्ति बन्द हुँदा बंकरमा रहेका मानिसहरु भोकका कारण मृत्यु हुने अवस्थामा पुगेको जनाइएको छ। इजरायलको बंकरमा लुकेका व्यक्तिहरुले समेत पानी र खानाको समस्या झेल्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *