Categories समाचार

१८ ग्राम लागूऔषध खैरो हिरोइनसहित बाराका एक युवक हेटौंडामा पक्राउ

वीरगञ्ज । प्रहरीले १८ ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बाराको प्रसौनी गाउँपालिका – ५ नकटुवा निवासी ४१ वर्षीय रमेश महतो नुनियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिहीबार राति ११ बजेको समयमा हेटौँडा उपमहानगरपालिका – १५ रातोमाटे चेकपोस्ट स्थित पूर्व पश्चिम सडक खण्डबाट नुनियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
वीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसबाट ओराली रितपूर्वक निजको शरीरको खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्ती भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १८ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

लागूऔषधसहित नुनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *