Categories लेख

प्रदेश स्तरीय महिला कबड्डी प्रतियाेगिता हुने

Advertisement

जनकपुरधाम,,धनुषाको बटेश्वर गाउँपालिकामा प्रदेश स्तरीय महिला कबडी प्रतियोगिता हुने भएको छ । बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति युथ क्लबको आयोजना तथा गाउँपालिका कार्यालयको संयोजनमा कार्तिक २ गते (बिहीबार)देखि प्रदेश स्तरीय महिला कबडी प्रतियोगिता हुन लागेको हो ।

हिन्दु धर्माबलम्बीहरुको महान चाँड बडा दसैं, तिहार तथा छठ पर्वको अवसरमा शिवशक्ति नमूना माध्यमिक विद्यालयको प्रांगणमा प्रदेश स्तरीय दुई दिवसीय महिला कबडी प्रतियोगिता गर्न लागेको क्लवका प्रतिनिधि मदन विकले जानकारी दिए ।क्लवका अध्यक्ष दिनेश साहका अनुसार प्रथम पुरस्कार ५० हजार, दोश्रो पुरस्कार २५ हजार र तेश्रो पुरस्कार ११ हजार रुपैयाँ राशीको रहेको छ ।
बेस्ट रेडर र बेस्ट क्याचलाई पनि अन्य पुरस्कारहरु प्रदान गर्ने क्लवका प्रमुख सल्लाहकार गणेश साहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *