Categories समाचार

जाने हैन त जलेबी खान वीरगन्जको दशैं मेला ?

Advertisement

वीरगन्ज : जलेबी (जुलेबी) तराई मधेसमा रुचाइएको मिठाइ हो। अरु मिठाइभन्दा यो सस्तो पनि हुन्छ।मधेसमा विभिन्न पर्व र अवसरमा लाग्ने मेलामा जलेबी पाकेकै हुन्छ। मेला जाने जोकोही थोरै भएपनि जलेबी किनेर खान्छन्। अनि घर फर्किँदा कोशेलीका रुपमा जलेबी लिएर जान्छन् ।

वीरगन्जमा घटस्थापनाका दिनदेखि लागेको दसैं मेलामा जलेबी मुख्य आकर्षण बनेको छ । दसैंको अवसरमा वीरगन्जमा हरेक वर्ष लाग्ने मेलामा सडकका फुटपाथ र छेउछाउमा जलेबीका दर्जनौं पसल प्रशस्त भेटिन्छन्।
यसपाली पनि घटनस्थापनादेखि मेला लागेको वीरगन्जको घण्टाघर चोकदेखि माइस्थान चोक, महवीर स्थान, अलखीया मठहुँदै वीर्ता चोकसम्म र माइस्थान चोकदेखि गीता मन्दिरसम्मको सडक छेउछाउमा जलेबीका झण्डै डेढ सयभन्दा बढी पसल छन्।

Advertisement

मेला हेर्न आउने हरेकले जलेबी किनेर घर लैजाने गरेको पर्साको विन्दवासीनीका हरिहर राउतले बताए।’मेला आएकाले जलेबी नकिन्ने कोही हुँदैनन्, उनले भने, ‘मेलाको मिठाई भने कै जलेबी हो, घरमा बालिबालिकादेखि वृद्धवृद्धा सबैले जलेवी मन पराउँछन्। यो अरु मिठाइजस्तो महंगो पनि हुँदैन। जलेबी मधेसको पहिचान दिने मिठाइ हो ।’

Advertisement

हरेक वर्ष लाग्ने मेलामा जलेबी बिक्री गर्न अधिकांश व्यापारी सीमावर्ती भारतीय गाउँबाट आउने गरेका छन् । पर्सा र बाराको ग्रामीण भेगबाट पनि मेलामा जलेबीको पसल थाप्न व्यापारी वीरगन्ज आउने गरेका छन् ।

२०६७ सालमा अन्नपूर्ण पोस्टका लागि यो लेख लेख्दै गर्दा क्रान्ति साहले लेखेका छन् “जलेबी मधेसको मेलाको मुख्य आकर्षणसँगै पहिचान पनि हो। मधेसमा लाग्ने हरेक मेला र हाट बजारमा जलेबीका पसल भेटिन्छन्।मेला घुम्न आउनेले कोशेलीका रुपमा जलेबी लिएर घर फर्किन्छन्।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *