Categories समाचार

कारागारमा कैदी बन्दीको लागि आएको चामल पसलमा

Advertisement

रौतहट । रौतहटको सदरमुकाम गौर कारागारमा कैदी बन्दीको लागि आएको चामल पसलमा विक्री भएको देखिए पछि प्रहरीले  छापा मारी ११४ बोरा चामल बरामद गरेको छ । कारागारमा बन्द जीवन बिताइरहेका कैदीको लागि आएको चामल स्थानीय एक पसलमा बिक्री भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट गएको टोलीले छापा मारी उक्त परिणामको चामल बरामद गरेको हो।

कैदीहरूको लागि जनही  प्रतिदिन ७०० ग्राम चामल र ८० रुपैयाँ नगद सरकारले दिँदै आएको छ। आइतबार घटस्थापना बिदाको मौका छोपी गौरको बरहवा पुल छेउको खाद्यान्न पसलमा कारागारका मुख्य चौकीदार मनोजकुमार बैठाले विक्री गरेको केही बेरमै  प्रहरीले उक्त पसलमा छापा मारी ११४ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Advertisement

एकदिन अघि त्यही पसलमा बिक्री गरेको चामलको ५५ थान खाली बोरा समेत प्रहरीले बराम गरेको थियो । चामल (प्रति बोरा ५० केजी)को रहेको  प्रहरीले बताएको छ।

Advertisement

प्रहरीले बरामद चामल बारे अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई जाहेर गरेको जनाएको छ । सिडियो धर्मेन्द्रकुमार मिश्रले  बरामद चामल बारे आफूलाई प्रहरी प्रतिवेदनबाट जानकारी भएपछि थप अनुसन्धान भइरहेको बताएका छन्। गौर कारागारका प्रमुख जेलर मणिभुषण साहले कैदी बन्दीको लागि दैनिक चामल स्केल ७०० ग्राम  खान नसकेर बाँकी रहेको चामल चौकीदारको मार्फत विक्री गरिन्छ। सो बापतको पैसाले सागसब्जी, माछा मासु खरिद गरी उनीहरूलाई नै खान दिईनेगरेको जेलर साहले जानकारी दिएका छन्।  कतिपय कैदीहरू स्केलमा आउने चामल बिक्री गरेर जिरा मसिनो र बासमती चामल खाने गरेको उनले स्पष्ट परेका थिए। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *