Categories समाचार

 एक महिना अगाडिनै सरुवा भएका वरिष्ठ सइ र सइ पर्साबाट गएनन्

Advertisement

वीरगन्ज । पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) र प्रहरी नायब निरीक्षक (सइ)को अन्यत्र सरुवा भए पनि रमाना नभएको पाइएको छ। जिल्लामा कार्यरत चार वरिष्ठ सइ र तीन सइको अन्य जिल्लामा सरुवा भए पनि रमाना नभएका हुन्।

प्रहरी चौकी परवानीपुरको प्रमुखका रूपमा कार्यरत वरिष्ठ सइ गोरखबहादुर शाहीको रुकुम, वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत वरिष्ठ सइ दीपेन्द्र मल्लको सिराहाको कर्मचारी प्रशासन शाखामा सरुवा भएको थियो। यस्तै, प्रहरी चौकी अमरपट्टीमा कार्यरत वरिष्ठ सइ गोपाल कुँवरको नवलपरासी र प्रहरी चौकी जानकीटोलामा कार्यरत वरिष्ठ सइ अशोक बस्नेतको चितवनको इलाका प्रहरी कार्यालय माडीमा सरुवा भएको थियो।

Advertisement

यता, प्रहरी चौकी भिस्वामा कार्यरत सइ रुद्र भट्ट संघीय प्रहरी कार्यालय जनकपुर, प्रहरी चौकी एकटंगामा कार्यरत सइ बच्चा साह सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमाद र प्रहरी चौकी छपकैयामा कार्यरत सइ राजन खड्का काठमाडौंको ठमेलमा सरुवा भएका थिए।

Advertisement

प्रहरी प्रधान कार्यालय नक्सालले करिब एक महिनाअगाडि प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षकहरूको निकालेको सरुवा सूचीमा उनीहरू परेका छन्। तर, विगत लामो समयदेखि अन्य जिल्लाबाट काज सरुवा गराएर पर्सा आएका उनीहरू सरुवा भए पनि यहीँ कार्यरत रहेका प्रहरी स्रोतले जनाएको छ।

स्रोतका अनुसार पर्साका प्रहरी प्रमुख कोमलविक्रम शाहले सरुवा भएका उनीहरूलाई अन्यत्र रमाना गर्न इच्छा नदेखाएकाले उनीहरू रोकिएका हुन्। सरुवा भएका केही वरिष्ठ सइ र सइको सरुवापछि रमाना गर्नुको साटो केही दिन अगाडि मात्रै प्रहरी चौकीको जिम्मेवारी दिएको बताइएको छ।

प्रहरी महानिरीक्षकको रूपमा वसन्त कुँवर आएदेखि प्रहरीको दरबन्दी भएको स्थानमा स्वतः जानुपर्ने भनिएको थियो। तर, पर्सामा कार्यरत प्रहरीको सरुवा भए पनि यहाँबाट रमाना हुनुको साटो प्रहरी चौकीको जिम्मेवारी पाएका छन्। नयाँ पत्रिकाबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *