Categories समाचार

चितुवाको छाला र चरेससहित प्रहरी सहायक हवल्दारलगायत तीन जना पक्राउ

Advertisement

वीरगन्ज । धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार पनि छन्। 

Advertisement

प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन्।

Advertisement

बुधबार साँझ ७ बजे धनगढीको सहिदगेट नजिकैको जुमेरा होटलमा जाँच गर्दा तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

उनीहरूको साथबाट सात फिट ६ इन्च लम्बाइ र एक फिट १० इन्च चौडाइ भएको एउटा बाघको छाला र ६ किलो ७४० ग्राम चरेस बरामद गरिएको छ।

कैलालीबाट प्रहरी निरीक्षक जनकराज ढुंगाना, लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट प्रहरी निरीक्षक पदमबहादुर थापा, प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्रहरी सहायक निरीक्षक दीपेन्द्र किमाडी र नेपाल प्रहरी प्रधान कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

तीनै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *