Categories खेलकुद

तीनवटा खेलमा सानदार जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

Advertisement

काठमाडौं । मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीनवटै खेलमा सानदार जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

बिहीबार भएको साउदीअरबविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ३०१ रनको जित निकाल्यो । ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति दिन सकेन ।

Advertisement

नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रन बनाएको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भएकाे हाे।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *