Categories समाचार

एकै दिनमा चार वटा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा एकै दिनमा चार वटा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।

वीरगन्जको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर  ८ घर भई हाल वीरगन्ज महानगरपालिका  वडा नम्बर १६  बस्ने ३२ वर्षिय अजय गोसाईंलाई बिहीबार पक्राउ गरेकाे  हाे । गोसाईंले एक दिनमा चार वटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

Advertisement

वीरगन्जमा दसैंमा  लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गाेसाईंकाे समूहले ती मोटरसाइकलहरु चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्को चोरी गर्ने गरेको थियो,’ बोगटीले भने ।

Advertisement

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ ।

गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको बोगटीले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *