Categories समाचार

नव जनकल्याण युवा सञ्जालद्वारा वीरगन्जको मेलामा प्रसाद वितरण

वीरगन्ज । वीरगन्जको प्रसिद्ध धार्मिक स्थल माईस्थान मन्दिर मेलामा आएका दर्शनार्थीहरुमा प्रसाद वितरण गरिएको छ ।

सप्तमीका दिन मन्दिर अगाडि समाजिक संस्था नव जनकल्याण युवा सञ्जालले प्रसाद भक्तजनलाई प्रसाद खुवाएको छ ।

Advertisement

प्रत्येक वर्षझै यस वर्षपनि बडा दशैंको सातौं दिन मनाइने फुलपातीको अवसरमा माताको दर्शन गर्न तथा मेला घुम्न आउने भक्तजनलाई सेवा गर्दै संस्थाले प्रसाद खुवाएको संस्थाका अध्यक्ष सागिर अलीले जानकारी गराए ।

Advertisement

प्रसाद वितरण कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, युवालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *