Categories समाचार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, दुई महिला घाइते

वीरगन्ज । रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीकै आक्रमणबाट अन्य दुई महिला घाइते भएकी छिन् ।

शनिबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.५ राजपेड स्थित जंगलमा ३ जना महिला घाँस काटन गएको अवस्थामा हात्तीले आक्रमण गर्दा स्थानीय ५४ वर्षीया अधनया देवी, पनावती कुमारी चौधरी घाईते भएका थिए भने मनिया देवी कुमर बेपत्ता भएकी थिइन् ।

Advertisement

नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुर समेतको संयुक्त प्रहरी टोलीले खोजतलस गर्ने क्रममा आइतबार बिहान सोही जंगलमा मनिया देवी कुमर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *