Categories Headlines

भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्युु

Advertisement

पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ हरपुर टाेलमा सडकमा छाडा छाेडिएकाे भैंसीसंग माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालककाे मृत्युु भएकाे छ ।

मृत्यु हुनेमा पर्साकै जिराभवानी गाँउपालिका वडा नम्बर ५ का धनेस महताे रहेका छन् ।

Advertisement

हरपुर टाेलमा मंगलबार महताे र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय माेटरसाइकल सडकमा छाडा छाेडिएकाे भैंसीसंग ठाेक्किदा दुवै जना गम्भीर घाइते भएका थिए ।

Advertisement

घाइते दुवैजनालाई स्थानीयले उद्धार गरी वीरगन्जकाे नारायणी अस्पतालमा ल्याएर भर्ना गरेका थिए।त्यहाँबाट महताेलाई बाराकाे नाैतनस्थित एस.एल. न्युराे अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *