वीरगन्ज । आफ्नो जन्मदिनमा समाजसेवी नवनित अग्रवालले बिपन्न असहायहरु लाई निशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र वीरगन्जलाई नगद सहयोग प्रदान गरेका छन । दिन दुखी असहायहरुको सेवा सहयोगमा बिगत धेरै बर्ष देखि विभिन्न आपत बिपत लगायत चाडपर्व , बिहेवारी एवं अन्य समयमा गर्दै आएका समाजसेवी अग्रवालले विभिन्न ठाउबाट नारायणी अस्पतालमा स्वास्थ्य उपचार गराइ रहेका बिपन्न असहायहरुलाइ रगतको आवश्यकता परेको खण्डमा रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत उपलब्ध गराउने र सो बापत सम्पुर्ण खर्च आफुले ब्यहोर्ने गरि ब्यवस्थापन गरेका हुन ।
रक्तसञ्चार केन्द्रले १ पोका रगतको विभिन्न परिक्षणको गरि १ हजार ५० रुपैया लिने गरेको छ ।
अग्रवालले आफ्ना कर्मचारी बिबेक पटेल मार्फत बुधबार रक्तसञ्चार केन्द्रमा नेपाल रेडक्रस पर्साका कोषाध्यक्ष महन्त प्रसाद यादवलाइ रु २१ हजार नगद सहयोग हस्तान्तरण गरेका हुन । सो रकम सम्मको रगत बिपन्न असहायहरुलाइ उपलब्ध गराइ सकेपछि फेरि रकम उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनु भएको रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवले बताए ।
सो अवसरमा रेडक्रस पर्साका कोषाध्यक्ष यादव लगायत सहभागीहरुले बिपन्न असहायको सेवा सहयोग गर्दै आएका समाजसेवी अग्रवाल को यस कार्यले आर्थिक अभावमा उपचाररत गरिब असहायलाइ निकै सहयोग हुने भन्दै अग्रवाललाई धन्यवाद दिदै जन्मदिनको बधाई तथा शुभकामना दिएका थिए ।
सो अवसरमा सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी छपकैयाका सदस्य ग्यासुदिन मिया ठकुराइ, वीरगन्ज कपडा बैंकका अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सचिव लालबाबु सिंह , रक्तसञ्चार केन्द्रका प्राबिधिक धिरेन्द्र झा ,कुमार दहाल लगायतको सहभागिता रहेको थियो ।






