Categories समाचार

जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका

Advertisement

वीरगन्ज । जनकपुरको धान खेतमा एक युवकको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

Advertisement

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मृतककोमुखमा रगत देखिएको छ ।

Advertisement

घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त डग टोलि ल्याउन लागिएको डिएसपी अवाले बताए ।

मृतक युवकको पहिचान खुल्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *