Categories समाचार समाज

सामान्य विवादमा छुरा प्रहरा गरी एक युवकको हत्या

Advertisement

वीरगन्ज । महोत्तरीमा छुरा प्रहरा गरी एक युवकको हत्या भएको छ । हत्या हुनेमा महोत्तरीको पिपरा गाउँपालिका ५ हर्दियाटोलका राजनारायण पासवानका १९ वर्षीय छोरा आशिक पासवान छन् ।

उनको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिहीबार साँझ आशिकको शव छुरा प्रहार गरी हत्या भएको अवस्थामा स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

Advertisement

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

महोत्तरीका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्गामेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले चौरमा लगेर आशिकलाई छुरा प्रहार गरी हत्या गरेको खुलेको छ ।

घटना विषयमा केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण महोत्तरी प्रहरीले सार्वजनिक गर्न थालेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *