Categories समाचार

सिमरा बस दुर्घटनामा एकको मृत्यु ४० जना घाइते, घाइतेमध्ये अधिकांश गहवा निवासी

Advertisement

वीरगञ्ज । चितवन जिल्लास्थित जलवीरे झरनाबाट पिकनिक मनाएर वीरगञ्ज तर्फ आइरहेको यात्रुवाहक बस बाराको सिमरामा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।

सिमरास्थित राष्ट्रिय वाणिज्य बैङ्कको भवन अगाडि अनियन्त्रित भएर ना ७ ख ४७४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको प्रहरीले जनाएको छ । 

Advertisement

बसमा सवार कूल ५१ जनामध्ये अधिकांश वीरगञ्जको गहवास्थित टाइगर युवा क्लबका सदस्यहरू हुन् । बडादसैँको अवसरमा गहवामाई मन्दिरमा लाग्ने मेला सकाएर उनीहरू पिकनिक गएको बुझिएको छ ।

Advertisement

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार चलिरहेको छ । मृतकको भने सनाखत हुन सकेको छैन । यात्रा डेलीबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *