Categories समाचार

सिमरा बस दुर्घटना : मृतक र घाइतेहरुको पहिचान खुल्यो, अझै २ जनाको अवस्था गम्भिर

Advertisement

वीरगन्ज । बाराको सिमरामा शनिबारराति भएको बस दुर्घटनामा मृत्यु हुने र घाइते भएकाहरुको नाम ठेगाना खुलेको छ ।

चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगन्ज फर्किरहेकोे ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस बाराको सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किर दुर्घटना भएको थियो ।

Advertisement

उक्त दुर्घटनामा एक युवकको मृत्यु हुनुका साथै ४० भन्दाबढी घाइते भएका थिए ।मृत्य हुनेमा भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका २७ वर्षिय मुकेश साह रहेको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते मध्ये हुनेहरु अधिकांश वीरगन्जको गहवाका रहेका छन् । ती मध्ये दुई जनाको अवस्था गम्भिर छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवाका ३० वर्षिय सुरज साह कानु, १८ वर्षिया प्रीया गुप्ता, १६ वर्षिया मनिषा साह, २३ वर्षिया सेजल गुरूङ, ५२ वर्षिय ललन चौरसिया, २७ वर्षिय राजन कुमार गुप्ता, २८ वर्षिय मोहन साह कानु रहेका छन् ।

यस्तै दुर्घटनामा बाराको कलैया २० का ४५ वर्षिय वीर बहादुर महतो, कलैया ७ का १८ वर्षिय प्रसाद गुप्ता, कलैया ७ कै ३५ वर्षिय अविनाश गुप्ता र बसका सहचाकल बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का १९ वर्षिय अनिष राईपनि घाइते भएका छन् । मधेसखबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *