Categories समाचार

भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार, एकजना पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जबाट तस्करी गरेर भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार गरिएको छ ।

विभिन्न प्रलोभन देखाएर ललाइफकाइ तस्करी गरेर भारत लागिरहेको अवस्थामा वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलको हजाम टोलबाट नेपाली युवतीको उद्धार गरिएको हो । 

Advertisement

भारतको मानव तस्करी रोदी एकाइ क्षेत्रीय मुख्यालयको शाखा कार्यालय ४७ औं बटालियनले युवतीको उद्धार गरेको इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।

Advertisement

युवतीलाई भारत लागिरहेका मानव तस्कर मोहम्मद इरफानलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । युवतीका अनुसार इरफानले आफ्नो नाम विवेक चौधरी बताएका थिए ।

उनले युवतीलाई करणी समेत गरेको बुझिएको छ । रोदी एकाइ मुख्यालयका इन्स्पेक्टर शर्माका अनुसार इरफान पहिलादेखि नै विवाहित छन् र उनका चार जना सन्तान समेत छन् ।

पक्राउ परेका इरफानलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको र बालिकालाई प्रयास जुवेनाइल एड सेन्टर रक्सौलमा राखिएको संस्थाकी आरती कुमारीले बताइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *